मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

चर्च ब्वाइज युनाइटेडले चुम्यो झापा गोल्डपकको उपाधि

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ फाल्गुन २०८०, सोमबार

झापा । बिभागीय टिम एपिएफलाइ ३-० गाेलले हराउँदै चर्च ब्वाइज युनाइटेडले  झापा गाेल्ड कपकाे उपाधि हात पारेकाे छ ।

सोमबार भएको फाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गरेपछी चर्च ब्वाइज खेलको च्याम्पियन बनेको हो ।

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्चको जीतमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे ।  टोली अपराजित रहँदै च्याम्पियन भयो । च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझायाे ।

खेलको १२औं मिनेटमा फकुन्लेले पहिलो गोल गरे। गोलकिपर एन्जल श्रेष्ठ अगाडी बढेको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन्। दोस्रो गोल ७२औं फकुन्लेले नै गरे।

मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकपिर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन्। तेस्रो गोल ८७औं मिनेटमा भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे। विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन्।

पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपिएफले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेनन्। दुबै टोली मुख्य प्रशिक्षक बिना मैदानमा उत्रिएका हुन्। चर्च ब्वाइजको टच लाइनमा अध्यक्ष रुवेन राई दिए भने एपिएफको प्राविधिक क्षेत्रमा शुुसिल अधिकारी थिए।

यसअघि खेलमा एपिएफले केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन  १८औँ मिनेटमा एपिएफका फोडे फोफानाको पासमा अनिस महर्जन गोल गर्न चुके। पहिलो हाफको इन्जुरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान दीप कार्कीले पञ्च गरे। खेलको ८१औँ मिनेटमा एपिएफले सुन्दर अवसर गुमायो । विदेशी खेलाडी आन्द्रे थेरी वियिक वियिकको फ्रिकिक गोलकिपर दीपले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए।

चर्च ब्वाइजले केही अवसर बनाएपछि थप गोल गर्न सकेन । ३१औँ मिनेटमा विकु राईले हानेको प्रहार एपिएफ गोलकिपर एञ्जल श्रेष्ठले बचाए । ७२औं मिनेटमा विजय भुजेलले गोलकिपर एञ्जल बिट गरेको अवस्थामा पनि गोल गर्न चुकेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार