मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

बंगलादेबाट ८२३ जना विद्यार्थी स्वदेश फर्किए

देश प्रदेश डेस्क 5485+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

झापा  बंगलादेबाट ८२३ जना विद्यार्थी  स्वदेश फर्किएका छन् ।  आरक्षणबिरुद्ध आन्दोलन भड्किएपछि त्यहाँ पढन गएका नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्कन थालेका हुन् ।

त्यसक्रममा हिजो एकैदिन ३०५ जना फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । साउन १ देखि हिजो बेलुकासम्म काँकडभिट्टा नाका हुँदै बंगलादेशबाट फर्किने नेपाली विद्यार्थीहरुको संख्या ८२३ पुगेको अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुले जानकारी दिए ।केही दिनयता काँकरभिट्टा नाका हुँदै पैदलमार्ग भएर स्वदेश फर्किने नेपाली विद्यार्थीहरुको लर्काे रहेको छ ।

बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरिसकेको छ । सर्वोच्चको आदेशपछि बंगलादेशमा चर्किएको आन्दोलन मत्थर हुने अपेक्षा गरिएको छ । बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो । तर अब अदालतले दिग्गजका आफन्तका लागि मात्र ५ प्रतिशत भूमिका आरक्षित गर्न सक्ने फैसला गरेको छ ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शनमा एक सय ३३ जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित संचारमाध्यमले जनाएका छन् । बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनमा सयौं जना घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार