मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |
मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |


रास्वपा झापाका सभापति खरेलले दिए राजीनामा

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

झापा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले पदबाट राजीनामा दिएका छन् । जिल्ला समितिबाट निलम्बनको सिफारिस भएपछि उनले राजीनामा दिएका हुन् ।

सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए भने त्यस उजुरीलाई जिल्ला समितिले केन्द्रीय समितिमा पठाएको थियो । केन्द्रीय समितिमा राजीनामा दिएको कुरा जिल्ला सभापति खरेलले पुष्टि गरेका छन् । ‘मैले केन्द्रीय समितिमा राजीनामा पठाएको छु ’ उनले भने,‘ तर केन्द्रीय समितिले स्वीकृत गरिसकेको छैन । ’ एकपक्षीय रुपमा आफूमाथि लागेको आरोपका बारेमा रास्वपाको अनुशासन आयोगले छानबिन गरिरहेको उनले जानकारी दिए । उनले त्यसबारेमा धेरै बोल्न चाहेनन् । रास्वपाको जिल्ला समितिले खरेललाई कारबाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेसंगै उनले पदबाट राजीनामा दिएको बताइएको छ ।

केही साताअघि रास्वपा झापाका सभापति खरेलबिरुद्ध पार्टीकै कार्यकर्ताले चरित्रमाथि प्रश्न उठाउँदै पार्टीमा उजुरी दिएका थिए । कारबाही नगरे आफ्ना कुरा मिडियामार्फत सार्वजनिक गर्ने भनेर उजुरीकर्ताले भनेपछि जिल्ला समितिले आफ्नै सभापति खरेललाई कारबाहीको लागि केन्द्रमा सिफारिस पठाएको थियो ।

रास्वपाका एक केन्द्रीय नेताका अनुसार खरेलमाथि आर्थिक अपचलन र नैतिक चरित्रमा प्रश्न उठाउँदै जिल्ला समितिले तत्काल निलम्बन गरी थप कारबाही अघि बढाउन पत्रमा लेखिएको छ। ‘उहाँको आर्थिक र नैतिक (चारित्रिक)सँग पनि जोडिएको विषय छ,’ ती नेताले भने।

आर्थिक र चारित्रिक विषयमा गम्भीर कुरा उठाएर तत्काल हटाउन माग गर्दै कोशी प्रदेश हुँदै केन्द्रीय कार्यालयमा पत्र आएको रास्वपाका एक सांसदले पनि पुष्टि गरे।

आइतबार पत्र आएपछि रास्वपाको अनुशासन आयोगले यससम्बन्धी छानबिन गरिरहेको छ। पत्र प्राप्त भएपछि कार्यवाहक सभापति डीपी अर्यालले अनुशासन आयोगमा पठाएका थिए।

खरेल रास्वपा झापाका संस्थापक जिल्ला सभापति हुन्। उनी २०७९ असारमा पार्टी स्थापनासँगै सभापति चयन भएका थिए।
खरेललाई नजिकबाट चिन्ने रास्वपाका नेताका अनुसार उनका विषयमा यसअघि पनि आर्थिक र चारित्रिक विषयमा पार्टीभित्र प्रश्न उठ्दै आएको थियो। तर, उनले सुध्रिने वाचा गरेपछि पटकपटक छुट पाउँदै आएका थिए।

‘तर, यसपालि छुट दिनुहुँदैन भनेर जोडदार रूपमा कुरा उठेको छ,’ ती नेताले भने, ‘यस्ता कुरामा छुट दिँदै जाने हो भने पार्टीमा अराजकता मौलाउँछ।’

यसपटक गम्भीर समस्या दोहोरिएको भन्दै उनलाई तत्काल निलम्बन गर्न झापा जिल्ला समितिका सबै जना एकै ठाउँमा उभिएको जानकारी पनि ती नेताले दिए।

‘उहाँको बारेमा यसअघि पनि गुनासो आएको थियो तर, सुध्रिन्छु भनेपछि फेरि नेतृत्वमै रहनुभयो,’ कार्यवाहक सभापति डीपी अर्यालनिकट अर्का नेताले भने, ‘फेरि त्यही व्यवहार दोहोर्याइरहेपछि साथीहरूले अति भएर निलम्बन गर्न कार्यवाहक सभापतिलाई पत्र पठाउनुभएछ।’

गम्भीर समस्या रहेका व्यक्तिलाई अब कुनै हालतमा जोगाउनुहुँदैन भनेर पार्टी केन्द्रमा दबाब परिरहेको उनको भनाइ छ। उनका अनुसार, यसपालि पनि जोगाइएमा पार्टीमा ठूलै विद्रोह हुने र झापाका १५ वटै पालिका सभापतिले राजीनामा तयार पारेको जानकारी पनि केन्द्रलाई गरिएको छ।

‘यदि उमेशजीलाई कारबाही नगरी जोगाइयो भने जिल्लाका १५ वटा पालिका सभापतिले राजीनामा दिने भनेर पत्र लेखेर राख्नुभएको छ,’ उनले भने।

यसअघि रास्वपाकै कोशी प्रदेश सभापति राजेश तिमिल्सिनालाई पनि निलम्बन गरिएको थियो। तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्न गरेको हस्ताक्षर फिर्ता लिएका उनलाई सोही आधारमा निलम्बन गरेको भनिएको थियो। यद्यपि, उनीमाथि पनि विभिन्न आरोप लागेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै