मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

कोशीमा मुख्यमन्त्रीले विश्वासको मत लिन बुधबार बोलाइयो प्रदेशसभा

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२९ अशोज २०८०, सोमबार
झापा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभा बैठक बोलाइएको छ ।

२० असोजमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरेका थिए । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो ।

सोमबार प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधबार विहान ११ बजेका लागि बैठक बोलाएको जानकारी दिएको छ ।सरकारको आग्रहमा प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।

नेकपा एमालेको समर्थनमा कांग्रेसभित्र विद्रोह गर्दै डा. शेखर कोइराला समूहका नेता केदार कार्की शनिबार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । आइतबार पदभार ग्रहण गरेका कार्कीले कांग्रेस र एमालेका एक÷एक जनालाई मन्त्री बनाएका छन् ।

कांग्रेस सांसद भूपेन्द्र राईले मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा दलमा कुनै जानकारी नभएको बताए । ‘सरकारमा सहभागि हुने विषयमा दलमा छलफल भएन, विश्वासको मत लिने विषय कसरी थाहा पाउनु’, कांग्रेस सांसद राईले भने, ‘उहाँहरुको ३९ (एमाले) र ८(कोइराला समूह) जनाले विश्वासको मत पुगिहाल्छ, त्यहीँ भएर दल नखोज्नु भएको होला ।’

कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई अझै बलियो बनाउने सहमति भएको थियो । तर आइतबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेका नेतालाई पनि मन्त्रिपरिषदमा सहभागी गराएपछि गठबन्धन दलभित्र असन्तुष्टि छ ।

सपथ ग्रहणपछि सहमतिको सरकार बनाउने बताएका मुख्यमन्त्री कार्कीले गठबन्धन घटक दलसँग छलफल गरेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार