मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

रसुवा बाढीपछि गोसाइँकुण्ड यात्रामा गएका ३४ यात्रु बेपत्ता

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

झापा / रसुवामा आएको भीषण बाढीपछि गोसाइँकुण्ड दर्शनका लागि पालुङटारबाट गएको बसका ३४ यात्रु सम्पर्कविहीन भएका छन्। बुधबार बिहान पालुङटार नगरपालिका ४ र ५ का तीर्थयात्री बोकेर गोसाइकुण्ड गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बसमा ३८ जना यात्रु सवार रहेको र तीमध्ये चार जना बसबाट हाम फालेर सुरक्षित रूपमा सम्पर्कमा आएको  प्रहरीले जनाएको छ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा सवार ३८ जनामध्ये ३४ जना अझै सम्पर्कविहीन छन्। ‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए,’ उनले भने, ‘बाँकी सम्पर्कमा छैनन्।’

बससँगै गोसाइँकुण्डतर्फ गएको दुई वटा माइक्रोबस भने सम्पर्कमा रहेको डीएसपी श्रेष्ठले जानकारी दिए। ती दुई माइक्रोमा कुल २६ जना यात्रु सवार थिए।

रसुवामा बुधबार आएको भीषण बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएपछि बसमा सवार यात्रुहरूसँग सम्पर्क स्थापित हुन नसकेको हो। बाढी प्रभावित क्षेत्रको अवस्था जटिल रहेकाले उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्ने तत्काल यकिन हुन सकेको छैन।

प्रहरी तथा सुरक्षा निकायले सम्पर्कविहीन यात्रुको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेका छन्। घटनापछि यात्रुका परिवार तथा आफन्तहरू चिन्तित बनेका छन्।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको छ। सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुगेपछि उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ भइरहेको छ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ। सम्पर्कविहीन ३४ यात्रुको अवस्था उद्धार टोली प्रभावित क्षेत्रमा पुगेर खोजी गरेपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार