मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

मेचीनगरमा सुकुम्वासीलाई जग्गाको निस्सा वितरण

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

काँकरभिट्टा, २५ मंसिर । मेचीनगर नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।

सोमबारदेखि मेचीनगर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरेको हो ।

आजै मेचीनगर–१, २, ३ र ४ नम्बर वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको छ ।

पहिलो चरणमा मेचीनगर–३ नम्बर वडा कार्यालयबाट जग्गाको निस्सा वितरण सुरु गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेतीले उनीहरुलाई निस्सा वितरण गरेका थिए ।

३ नम्बर वडाका भूमिहीन दलित ४५ जना, भूमिहीन सुकुम्वासी ८६ जना र अव्यवस्थित बसोवासी ३८८ जना गरी जम्मा ५१९ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष हर्कबहादुर वस्नेतले जानकारी दिए ।

त्यस्तै २ नम्बर वडाका भूमिहीन दलित ११ जना, भूमिहीन सुकुम्वासी १२ जना र अव्यवस्थित बसोवासी २४० जना गरी जम्मा २६३ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष दिपक बरालले बताए ।

यस्तै १ नम्बर वडाका भूमिहीन दलित ८ जना, भूमिहीन सुकुम्वासी २० जना र अव्यवस्थित बसोवासी ११९ जना गरी जम्मा १४७ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष रामकुमार राईले बताए ।

यसैगरी ४ नम्बर वडाका भूमिहीन दलित ३ जना, भूमिहीन सुकुम्वासी २४ जना र अव्यवस्थित बसोवासी १९६ जना गरी जम्मा २२३ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनकारी दिए ।

लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाको समन्वयमा मेचीनगरले निस्सा वितरण गरेको हो ।

हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको मेयर बुढाथोकीले बताए । छिट्टै नै उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने उनले दावी गरे ।

‘पहिलो चरणमा सबै प्रक्रिया पुगेकालाई निस्सा वितरण सुरु गरेका हौं’ मेयर बुढाथोकीले भने– ‘पुर्जा वितरणका लागि केन्द्र र जिललाबाट नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’

मेचीनगरको पन्ध्रै वटा वडाका भूमिहीन दलित ३०७ जना, भूमिहीन सुकुम्वासी १८१४ जना र अव्यवस्थित बसोवासी ३ हजार ३० जना गरी जम्मा पाँच हजार १५१ जनालाई निस्सा वितरण गरिने कार्यालयको योजना रहेको छ ।

निस्सा वितरण कार्यक्रम यहि मंसिर २९ गते सम्ममा सकिनेछ । फर्म भर्न छुटेका, कागज नमिलेका, नामहरु सच्चाउनु पर्ने लगायतका काम एक हप्तादेखि १५ दिनसम्मको समय दिइएको छ ।

मेयर बुढाथोकी, उपमेयर उप्रेती, कार्यपालिका सदस्य ह्दय राजबंशी, कार्यपालिका सदस्य एवम् नगरको भूमि आयोग समितिका संयोजक अमित खम्बु, बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, वडाध्यक्षहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थितिमा जग्गाको निस्सा वितरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार