मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

झापा ५ मा चुनावी तालमेल गर्न ओलीले राखेको प्रस्ताव दाहालले गरे अस्वीकार

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा चुनावी तालमेल गर्न राखेको प्रस्ताव नेकपा संयोजक पुष्पकमल दाहालले अस्वीकार गरेका छन्। चुनावी तालमेल गर्ने विषयमा ओली र नेकपा संयोजक दाहालबीच टेलिफोनमा कुराकानी भएको थियो । तर, १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले मनोनयन गरी प्रचारमा लागिसकेकाले तालमेल सम्भव नभएको जवाफ फर्काएको नेकपाका निर्वाचन प्रचारप्रसार समितिका संयोजक अग्नि सापकोटाले बताए । ‘एमालेबाट तालमेलको प्रस्ताव आएको हो । हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर युद्धस्तरमा प्रचारप्रसार थालिसकेका छौँ । त्यसैले नेकपाले अब कसैसँग तालमेल गर्दैन’ उनले भने ।

नेकपाबाट झापा–५ मा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ उठेका छन् । एमाले र नेकपाबीच तालमेलको चर्चा चलेपछि नेकपा संयोजक दाहालले अब कुनै पनि दलसँग तालमेल नहुने स्पष्ट गरेका छन् । नेकपा, एमाले र अन्य दलसँग तालमेल नहुने भन्दै १६४ निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितिलाई घरदैलो अभियान व्यापक बनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार