मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

हुलाकी मार्ग केन्द्रित अभियानको माओवादी केन्द्रद्धारा झापामा तयारी तीब्र

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२३ माघ २०८१, बुधवार
झापा नेकपा माओवादी केन्द्रले फागुन १२ गते झापाको कचनकवलबाट शुरू गर्न लागिएको अभियानको तयारी झापामा तीब्र पारिएको छ । केन्द्रले सञ्चालन गर्न लागेको हुलाकी मार्ग केन्द्रित अभियानको तयारीका लागि बुधबार बनियानीमा भएको एक विशेष बैठकका बीच कचनकवल गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गरिएसँगै तयारी तिब्ररूपमा अगाडि बढेकाे हाे ।
। बैठकमा वडाध्यक्ष तथा इन्चार्जहरुको रिपोर्टिङ तथा सुझाव संकलन गरिएको थियो । प्राप्त सुझावहरुलाई मध्य नजर गर्दै पार्टीका नेताहरूको कार्य विभाजन गरिएको माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए ।

अभियानको शुरुवात गर्नुअघि पार्टीले रक्तदान, पत्रकार सम्मेलन, बजार सरसफाई, जनवर्गीय संगठन तथा मोर्चाहरुसग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यही बीचमा सहिद परिवारसंग भेट्घाट तथा वडा सम्मेलन सम्पन्न गर्ने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामीले बताए । अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । 

पार्टीका गाउँपालिका अध्यक्ष किरण लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका इन्चार्ज बुद्धि नेपाल, हरी बस्नेत (चट्टान), धनबहादुर तामाङ, प्रदेश सदस्य भूपाल सापकोटा, केन्द्रीय सदस्य रञ्जित तामाङ, केन्द्रीय सल्लाहकार हर्कबहादुर खड्का लगायतले सुझाव राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार