मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ

भेषराज नेपाल 150+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

झापा / त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय अन्तर्गतको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनामा प्रहरीले मुख्य आरोपीको पहिचान खुलाउँदै पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार बिहानै कैलाली घर भई हाल भक्तपुर बस्ने ३३ वर्षीय सन्दिप सिंहलाई पक्राउ गरेको हो। सामाजिक सञ्जालमा ‘सुलभ सर’ को नामले चिनिने सिंहसहित उनको च्याट र स्क्रिनसटमा जोडिएका अर्का एक जना सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

गत साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र बाहिरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका मुख्य आरोपी सिंहले १ हजारभन्दा बढी विद्यार्थी आबद्ध रहेको ‘MBS 1st Sem Section C’ नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको पीडीएफ फाइल शेयर गरेका थिए। उक्त डिजिटल च्याट ग्रुपमा उनले "मैले इकोनोमिक्सको पनि उपलब्ध गराउनेछु, राम्रोसँग पढ्नुहोला" भनी लेखेको समेत प्रमाण सीआईबी र साइबर ब्यूरोको संयुक्त टोलीले फेला पारेको छ। परीक्षाको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने गरी प्रश्नपत्र बाहिरिएका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि यो विषय सार्वजनिक चासोको केन्द्र बनेको थियो।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र विश्वविद्यालयका उच्च पदाधिकारीहरूलाई मन्त्रालयमा बोलाई तत्काल दोषीलाई कानुनी दायरामा ल्याउन कडा निर्देशन दिनुभएको थियो। मन्त्रीको तदारुकता र त्रिवि डिन कार्यालयको औपचारिक पत्राचार लगत्तै प्रहरीले प्राविधिक विश्लेषणका आधारमा आरोपीहरूलाई ट्र्याक गरी नियन्त्रणमा लिएको हो। यो कानुनी प्रक्रिया अघि बढिरहँदा त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ, जसलाई ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। यद्यपि, परीक्षा हलभित्र विद्यार्थीहरू प्रवेश गरिसकेपछि मात्र डिजिटल माध्यमबाट प्रश्न बाहिरिएकाले हाल चलिरहेको परीक्षा तालिका भने स्थगित नहुने त्रिविले स्पष्ट पारेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै