मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |
मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |


गैंडाको खाग बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ

देश प्रदेश डेस्क 5479+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

झापा चितवनमा गैंडाको खाग बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–६ देवनगर नजिकै साढे २ करोड रुपैयाँमा  खागको कारोबार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएका उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जले मंगलबार सार्वजनिक गरेको छ।

उनीहरूलाई गत चैत २७ गते दिउँसो साढे १ बजेतिर निकुञ्ज, नेपाली सेनाको विशेष टोली र नयाँ गोरख गणको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले अनुसन्धानबाट उक्त खाग २०७२ सालको चैत महिनामा अमलटारी सेक्टर अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा मृत गैंडाको रहेको देखिएको छ।

पुनका अनुसार नवलपुरको कावासोती–१५ बस्ने ५० वर्षीय छविलाल परियारले घाँस काट्न जंगल गएको बेलामा मरेर सड्न लागेको अवस्थाको गैंडा देखे। त्यो गैंडाको खाग काटेर उनले छिमेकी भैरव थापा (साढे २ वर्षअघि मृत्यु भइसकेका व्यक्ति) सँग मिलेर लुकाए।

यो कुरा थापाका छोरा अर्जुनले कावासोती–१५ मै बस्ने प्रकाश घिमिरेलाई सुनाए। उनीहरू बसेर उक्त खाग घिमिरेलाई ५ हजार रुपैयाँमा बिक्री गरेको देखिएको अनुसन्धान अधिकृत अविनाश थापा मगर बताउँछन्।

प्रकाशले कावासोती–१६ मा होटल चलाइरहेका लेखनाथ सुनारलाई आफूसँग एक सिंगे गैंडाको खाग रहेको कुरा सुनाए।

‘त्यो बिक्रीका लागि ग्राहक चाहिएको बताएपछि लेखनाथले सोही ठाउँ बस्ने २९ वर्षीय क्रान्ति खड्कालाई भनेछन्। उनीहरू मिलेर ग्राहक खोज्न थाले,’ मगरले भने।

नवलपुरको वुलिङटार–४ का ३५ वर्षीय खिमबहादुर बराल टिकटक लाइभमार्फत पुराना र महत्वपूर्ण सिक्का, अन्य वस्तुहरू देखाउने गर्थे। क्रान्तिलाई लाग्यो गैंडाको खागको विषयमा उनलाई केही न केही थाहा छ। जानकारी गरायो भने सघाउलान् भन्ने सोचेर उनले बराललाई सम्पर्क गरे।

बराल उनलाई भेट्न पुगे। अनि सुनार, खड्का, घिमिरे पनि सँगै भएर पत्थरे खोला नजिकै लुकाएर राखिएको खागको फोटो, भिडिओ खिचे।

त्यसपछि बरालले काठमाडौंमा रहेका बझाङ छविसपाथिभारा–१ का २७ वर्षीय प्रकाशराज जोशीलाई सम्पर्क गरे। जडिबुटीहरूको व्यवसाय गर्दै आएका उनी विदेश जाने तयारीमा थिए। बरालको कुरा सुनेपछि उनी खाग हेर्न आउन राजी भए। 

‘आएको दिन उनी होटलमा बसेछन्। भोलिपल्ट दिउँसो भरतपुर–६ मा परियार, घिमिरे, खड्का, सुनार, बराल र जोशीको भेट भयो,’ संरक्षण अधिकृत मगरले भने, ‘नयाँ मान्छेहरूको शंकास्पद गतिविधिहरू भइरहेको खबर हामीलाई प्राप्त भयो। सुराकीमार्फत खबर पाएपछि हामीले निगरानी सुरू गर्‍यौं। खागको मोलमोलाइ भइरहेको निश्चित भएपछि घेरा हालियो।’

खानतलासी गर्ने क्रममा खड्काको साथमा रातो प्लास्टिकको झोलाभित्र संरक्षित वन्यजन्तु एक सिंगे गैंडाको खाग भेटिएको उनले बताए। उनका अनुसार त्यहाँ खागको २ देखि साढे २ करोड रुपैयाँसम्म मोलमोलाइ भएको थियो।

उक्त स्थानबाट संयुक्त टोलीले छविलाल परियार, प्रकाश घिमिरे, लेखनाथ सुनार, क्रान्ति खड्का, खिमबहादुर बराल र प्रकाशराज जोशीलाई नियन्त्रणमा लिएको थियो। यो कारोबारमा संलग्नता देखिएका अर्जुन थापा भने फरार छन्। अदालतबाट अनुमती लिएर उनको खोजी गरिएको निकुञ्जले जनाएको छ। 

प्रमुख संरक्षण अधिकृत पुनले उनीहरू सबैलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दैजाँदा गैंडाको खाग अवैधरूपमा खरिद तथा बिक्री कार्यमा सबैको संलग्नता रहेको पाइएको बताए। अनुसन्धान सकेर उनीहरूलाई मंगलबार नै जिल्ला अदालत नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) मुद्दा दायर गर्न लागिएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५(१) को (क) र दफा २६ (१) को विरूद्ध कसुर गरेकोले उनीहरूलाई ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी मुद्दा दायर गर्न लागेको बताए।

कसुर प्रमाणित भए ५ देखि १५ वर्षसम्म कैद, ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

तिवारीकाअनुसार यस आर्थिक वर्षको अहिलेसम्म एक सिंगे गैंडा चोरी सिकारी र ओसारपसार, बिक्री, वितरणको अभियोगमा २५ जनालाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइएको जानकारी दिए। निकुञ्ज, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा यो कार्य भएको उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै