मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

कांग्रेसको १५ औं महाधिवेशन असोजमा

देश प्रदेश डेस्क 5482+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

झापा / नेपाली कांग्रेसले १५ औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ । पार्टीको आज बसेकाे केन्द्रीय समिति बैठकले २ भदौबाट वडा अधिवेशन सुरू गर्ने निर्णय गरेको छ ।

यसअघि मंगलबारको बैठकमा ६ साउनमा वडा अधिवेशन सुरु गर्ने कार्यतालिका प्रस्तुत गरिएको । उक्त कार्यतालिकालाई संशोधन गरेर नयाँ कार्यतालिका ल्याइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती केन्द्रीय सदस्यका अनुसार गाउँ–नगर अधिवेशन ७ भदौका लागि धकेलिएको छ । यसअघि १२ साउनमा गाउँ–नगर अधिवेशन गरिने कार्यतालिका थियो ।
यस्तै २३ साउनका लागि प्रस्ताव भएको प्रदेश सभा क्षेत्रीय अधिवेशन संशोधन गरेर १७ भदौमा आयोजना हुने भएको छ ।

३० साउनमा गर्ने भनिएको क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २४ भदौमा गर्ने निर्णय कांग्रेसले गरेको छ । त्यसैगरी ६ र ७ भदौका लागि प्रस्ताव गरिएको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असाेजकाे २ र ३ मा हुने भएको छ ।

प्रदेशहरूको अधिवेशनलाई ७ र ८ असोजमा हुने भएको छ । यसअघि प्रदेश अधिवेशन १५ र १६ भदौमा गर्ने प्रस्ताव बैठकमा गरिएको थियो ।

आगामी १६, १७, १८ र १९ असोजमा १५ औं महाधिवेशनका लागि मिति तय गरिएको छ । महाधिवेशन काठमाडौंमा आयोजना हुने भएको छ । यसअघि २४–२६ भदौमा १५ औं महाधिवेशन प्रस्ताव भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार