मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बिर्तामाेडबाट औषधिजन्य लागुऔषधसहित पक्राउ गरेका व्यक्ति खरेलको साझेदार

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

झापा एक महिना नवित्तै लागुऔषध व्यूरो र बिर्तामोड प्रहरीले पुनः आज ठूलाे परिमाणकाे औषधिजन्य लागुऔषध बरामद गरेको छ । औषधिजन्य लागुऔषधसहित पक्राउ गरेका व्यक्ति भानुभक्त खरेलको साझेदार भएको खुलेको छ । प्रहरीले आज बिर्तामोड ५ स्थित कंचन टोलबाट ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरेको हो । खरेलसँग व्यवसायिक साझेदारका रुपमा पन्धाक काम गर्दै आएको बुझिएको छ ।

गत साउन १ गते बिर्तामोड प्रहरीले बिर्तामोड–५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य लागुऔषध बरामद गरेको थियो । खरेल सञ्चालक रहेको सो गोदामबाट प्रहरीले २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल लागूऔषध बरामद गरेको जनाएको थियो । पन्धाकको घरबाट २० हजार क्याप्सुल बरामद गरिएको छ।

खरेलले बिर्तामोड नगरपालिका ५ मंगलदिप टोलस्थित मनकुमार संग्रौलाको घरमा कोठा भाडा लिई लागुऔषध भण्डारण गरिराखेको अवस्थामा १०३८०० क्याप्सुल ट्रामाडोल, १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सने, ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एसीटामिनोफेन् ट्याब्लेट, टर्मिपिल किट ७६५० ट्याब्लेट, जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट र ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट बरामद गरेको थियो । खरेल अहिले फरार रहेका छन् ।
प्रहरीले प्रतिबन्धित औषधि र लागूऔषधसहित खरेलका स्टाफ अर्जुनधारा–६ दासपुल बस्ने बर्ष २५ को विनोद घिमिरेलाई पक्राउ गरेको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै