मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

आन्तरिक राजस्व कार्यालय झापाद्धरा दुई अर्ब बढी राजस्व संकलन

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

झापा आन्तरिक राजस्व कार्यालय झापाले चालू आर्थिक वर्षको दश महिनामा . दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।

चालु आब साउनदेखि बैशाख मसान्तसम्ममा . एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर वापत,  ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्क वापत र मूल्य अभिवृद्धि कर वापत. ८४ करोड ७६ लाख ४० हजार राजस्व संकलन भएको कार्यालयले जनाएकाे छ ।

 राजस्व संकलनमा लिएको दश महिने लक्ष्यभन्दा  ५१ करोड २३ लाख ५७ हजार राजस्व संकलनमा कमी आएको कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेले जनाए  । सो अवधिको राजस्व संकलनको लक्ष्य  दुई अर्ब ८९ करोड ४७ लाख ३२ हजार रहेको उनले जानकारी दिए ।

उद्योगधन्दा तथा व्यापारमा आएको मन्दीका कारण लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालयका प्रमुख काफ्लेको भनाई छ । झापामा ठूला करदाताको रुपमा बिगतमा चिनिएका तीन वटा सिमेन्ट उद्योगहरु मित्तल, मनसा र सनराइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् । व्यापारिक कारोवारमा समेत तीब्रता आउन नसक्दा यसको असर राजस्व संकलनमा परेको उनले बताए ।

जिल्लामा आन्तरिक राजस्व कार्यालयको कर संकलनको मुख्य स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फर्म र व्यावसायिक प्रतिष्ठानहरु नै रहेको उनकाे भनाइ छ । कार्यालय मातहतमा आयकरतर्फ ४७ हजार १३१ र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ छ हजार ३१४ करदाता रहेकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार