मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

अर्जुनधाराका पौडेल करोडौं रकम ठगी गरी वेपत्ता

देश प्रदेश डेस्क 5194+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिंकका प्रोप्राइटर चुडामणि पौडेल करोडौं रकम ठगी गरी वेपत्ता भएका छन् ।

झापाको बिर्तामोडमा व्यवसाय गर्दै आएका  पाैडेल गत साउन २० गतेदेखि उनी अचानक परिवारसहित वेपत्ता भएको बताइएको छ । बुद्धशान्ति गाउँपालिका २ शान्तिनगर पुरानो ठेगाना भई हाल अर्जुनधारा ६ बिहानी टोलको रोड नं ७ मा घर भएका पौडेलले ७ करोडभन्दा बढी रकम ठगी गरी भागेको पीडितहरुले बताएका छन् ।

पीडितहरु आइतबार  इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिनका लागि भेला भएपछि घटना वाहिर आएकाे हाे ।  विभिन्न प्रकृतिको ठगी भएकाले प्रहरीले भिन्नाभिन्नै उजुरी दिन भनेपछि उनीहरुले आज उजुरी दिएनन् ।

पीडितका अनुसार पौडेलले महेन्द्र आचार्यको १ करोड २० लाख , घनश्याम रिजालको २० लाख , कमल पाण्डेको १४ लाख , गोपाल सिटौलाको ५२ लाख , भेषराज दाहालको ३४ लाख,प्रकाश बस्नेतको २१ लाख ३५ हजार , सनम तामाङको २५ लाख , अनिल पाठकको ४० लाख ,इशुभ पाण्डेको साढे  ३८ लाख ,लक्ष्मी निरौलाको २० लाख , युवराज निरौलाको ८ लाख , टीका खवासको १० लाख , रेवत लामाको १० लाख , पृथ्वी मगरको १५ लाख,केशव श्रेष्ठको १७ लाख , बसपार्कमा हार्डवेयर रहेका खड्का थरीका व्यक्तिको ७ लाख ,लक्ष्मण आचार्यको ९ लाख ४० हजार , निलम गिरीको २० लाख, हरि तिवारी र मनोज गोम्देनको ३५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनीमाथि मनोज गोम्देन , हरि तिवारी , प्रकाश बस्नेत र कमल पाण्डेले चेक बाउन्सको तीनवटा मुद्धा दायर गरेका छन् । सापटी र ऋण माग्दै पौडेलले करोडौं डुबाएको पीडितमध्येका प्रकाश बस्नेतले बताए । हप्ता दिनका लागि सापटी मागेकाे र पछि महिना दिनको भाका माग्दै व्याज दिने भनेर झुक्याएकाे  बस्नेतले  बताए ।

 अर्का पीडित टीका खवासले पनि मेराे १० लाख रुपैयाँ ठगी गरेको बताइन् ।  रेवत लामाले ठगी गरी फरार पौडेललाई देखेमा ९७६७७९२२६६ नम्बरमा सम्पर्क गरिदिन फेसबुकमार्फत फोटो सार्वजनिक गरी अपिल नै गरेका छन् ।

अटो चालकहरु पनि पीडित
पौडेलले बिर्तामोडमा बजाजको अटो सोरुम खोलेका थिए । निकै चलेको सो सोरुमबाट धेरैले अटो खरिद गरेका थिए । अटोको पैसा लिएर डेढ सयभन्दा बढी अटो उनले पास गर्न बाँकी रहेको बताइएको छ । ‘हुरहुरेको चिसो हावाले’, ‘घुमाउन लैजान्छु अटोरिक्सामा’ जस्ता गीत लेखेका पौडेलले व्यावसायिक ,सामाजिक र कलाकारिताको आडमा धेरैलाई ठगेको बताइएको छ । बेपत्ता भएपछि उनको घर बन्द रहेको छ । उनको घरमा अदालतले मुद्दाको प्रतिउत्तरका लागि पत्र टाँसेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार