मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दा अघि बढाउन सर्वोच्चको आदेश

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

झापा / सर्वोच्च अदालतले माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले सापकोटा विरुद्धको ज्यान मुद्धालाई अगाडि बढाउन उत्प्रेषणको आदेश दिएको हो ।

इजलाशले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराइ नेतृत्वको सरकारले सापकोटालगायत विरुद्ध मुद्दानचलाउने गरी गरेको निर्णय तथा किटानी उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय पनि खारेज गरिदिएको छ । २०६२ सालमा काभ्रेका अर्जुन लामालाई माओवादीले हत्या गरेको घटनामा अग्नि सापकोटालगायतको संलग्नता रहेको किटानी उजुरी लामाकी पत्नी पूर्णिमाया लामाले दिएकी थिइन् । हत्यामा अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम र नोर्बु लामा संलग्न रहेको किटानी उजुरी परेको थियो ।

प्रहरीले उक्त उजुरीलाई अघि बढाउनुको सट्टा तामेलीमा राखेको थियो भने बाबुराम भट्टराइको सरकारले मुद्धा नचलाउने निर्णय गरेको थियो । उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्च अदालतले रिट दायर भएको १४ वर्षपछि फैसला गरेको हो । सर्वोच्चको आदेशसंगै काभ्रे प्रहरीले अब अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान अघि बढाउनु पर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार