मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि...

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

झापा झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले 'ओभरसुट' गरेको छ ।

सोमबार काठमाडौंबाट यात्रु बोकेर चन्द्रगढी विमानस्थलमा पुगेको बुद्ध एयरको जहाज अवतरणको समयमा धावनमार्गमा स्याल देखिएपछि ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीले जानकारी दिए। 

उनका अनुसार ६ बजेर ४८ मिनेटमा काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरण गर्ने बेला धावनमार्ग क्लियर देखिएको थिएन।

'धावनमार्ग क्लियर नदेखिएपछि टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’ का लागि अनुरोध गरेको थियो,' उनले भने, 'धावनमार्गमा स्याल देखिएपछि साइट क्लियर गरेर सात बजे सुरक्षित जहाज अवतरण गरिएको हो।'

यस्तै, धावनमार्गमा कहिले चरा, कुकुर पसेर धावनमार्गमा छिर्ने हुँदा यी सामान्य घटना भएको उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार