मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

झापा सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ ।
पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयाोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा. भानुभक्त आचार्यले जानकारी गराएका थिए ।समाचार लेखन तथा विभिन्न खोजमुलक विषयमा एआई प्रविधि उपयोगी हुने भन्दै यसको सही सदुपयग गरेमा पत्रकारिता क्षेत्रको विकासमा टेवा पुग्ने सहजकर्ता आचार्यले बताए । छिमेकी राष्ट्र भारत , चीन लगायत विकसित मुलुकले पत्रकारिता क्षेत्रमा एआई प्रविधिको सुरुवात गरेपनि नेपालमा यसको प्रयोग कमै मात्रामा हुने गरेको उनको भनाई छ ।
प्रविधिको प्रयोगसंगै अनलाइन पत्रकारिताले प्राथमिकता पाइरहेको समयमा एआई प्रविधि मार्फत यसलाई अझ सरल र सहज बनाउन सकिने सञ्चारविज्ञ आचार्यको भनाई छ । उनले एआई प्रविधिको प्रयोग प्रशिक्षणस्थलमा नै प्रशिक्षण गराएका थिए ।इलाम र झापाका ४५ जना पत्रकारहरुको सहभागीता रहेको तालिममा सहभागीहरुका तर्फबाट पत्रकार गणेशमान मुखिया, रञ्जीत प्रसाई, स्वस्तिका आचार्य, गणेश अर्याल, गृष्मा सापकोटा लगायतले आफ्नो अनुभवहरु बताएका थिए ।
पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानसम्पादक एकराज गिरीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले गरेका थिए ।बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहभागीहरुले एआई प्रविधिको प्रयोग र यसले पार्ने प्रभावका विषयमा जानकारी प्राप्त भएको र आगामी दिनमा आफूले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउने जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै