मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

भद्रपुरमा प्रथम मेयर कप अन्तरपालिका रात्रिकालीन भलिबल प्रतियोगिता हुँदै

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

झापा बुधबारदेखि भद्रपुरमा प्रथम मेयर कप अन्तरपालिका स्तरीय रात्रिकालीन नकआउट भलिबल प्रतियोगिता हुँदैछ ।  भद्रपुर युवा परिवारको आयोजनामा कार्तिक १८ गतेसम्म  भद्रपुर माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा झापाका १५ वटा पालिकामध्ये ११ वटा पालिकाले सहभागिता जनाउन लागेको युवा परिवारका भरत यादवले जानकारी दिए । 

उद्घाटन खेल झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ । दोस्रो खेल भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुने युवा परिवारका सुशील यादवले जानकारी दिए । प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए । 

प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजार र उपविजेता टिमलाई ३१ हजारसहित शिल्ड तथा ट्रफि प्रदान गरिने छ । त्यस्तै सर्वोत्कृष्टलाई ५ हजार, वेस्ट स्ट्राइकर, वेस्ट ब्लकर, वेस्ट सरभर, वेस्ट डिफेन्डर, वेस्ट सटर र उदीयमान खेलाडीलाई जनही २ हजार १ सय प्रदान गरिने छ । प्रतियोगितामा झापा, शिवसताक्षी, बाह्रदशी, कनकाई, गौरादह, दमक, भद्रपुर, मेचीनगर, कचनकवल, गौरीगञ्ज र बिर्तामोड सहभागी हुने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै