मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |
मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |


काँकडभिट्टामा गति मापनसहित ४५ ओटा सीसी क्यामेराबाट निगरानी

Desh Pradesh News 1+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार


भद्रपुर झापाको पूर्वी नाका काँकडभिट्टाबाट हुने गतिविधिलाइ प्रत्यक्ष रुपमा निगरानी गर्नेगरी विभिन्न प्रकारका नयाँ तथा पुराना ४५ ओटा सिसी क्यामेरा पुनः मर्मत तथा जडान गरी सञ्चालनमा ल्याइएको छ । केही वर्ष अघि ४२ ओटा क्यामेरा जडान गरिएकोमा हाल एक थान रयाडर(गति मापन)सहित ३ ओटा थप गरि सञ्चालनमा ल्याइएको हो । 

 भारतको पानीट्याङ्की तर्फबाट नेपाल छिर्ने मुख्य नाका काँकडभिट्टा पर्दछ । सो नाकाबाट अवैध निकासी पैठारी ,मानव बेचविखन, चोरी लगायत कानूनले निषेध गरेका कृयाकलापहरु हुदै आएका छन् । सीमा क्षेत्र लगायत बजारमा क्यामेरा नभएका कारण अवैध गतिविधिको अनुसन्धान गर्ने निकायलाइ समस्या देखिएको थियो । क्यामेरा राख्ने विषयमा एक दशक यता देखी छलफल भइ केही थान क्यामेरा जडान पनि गरिएको थियो । तर, उचित व्यवस्थापन नहँुदा जडान गरिएका क्यामेरा पोलमा नै बिग्रिएका थिए । 

पुनः क्यामेरा जडान गर्ने विषयमा पछिल्लो समय इलाका प्रहरी कार्यालय काँकडभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा पर्यटन तथा यातायात व्यवस्थापन , मेचीनगर नगरपालिका, उद्योगी, व्यवसायी, समाजसेवीबिच छलफल पश्चात जडान गरिएका क्यामेराको स्थितीका विषयमा खोजी कार्य गरिएको थियो । जडान गरिएका ४२ ओटामध्ये ४ ओटा हराएको ,६ ओटा सञ्चालनमा रहेको र बाँकी नचल्ने अवस्थामा रहेको मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुिक्त पौडेलले बताए । क्यामेराको यो अवस्था देखिएपछि प्राविधिक स्टिमेट गराएर १ लाख ८१ हजारमा ३८ ओटा मर्मत र हराएका ४ ओटा नयाँ गरी ४२ ओटा क्यामेरालाइ सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष पौडेलले जानकारी दिए । विहीबार जडान गरिएको प्रदेश सरकारबाट १२ लाख मूल्य बराबरको एक थान र्याडर(गति मापन)सहितको क्यामेरा र त्यसैगरी काँकडभिट्टा खानेपानी कार्यालयबाट ५१ हजार मूल्यका २ गरी ४५ ओटा क्यामेरा सञ्चालनमा आएको  उनले बताए । 

 मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा र्याडरसहित सिसी क्यामेरा जडान गरिएको उनले जनाए । हाल मर्मत गरिएको खर्च भने मेचीनगर नगरपालिकाले भूत्तानी गर्ने  नगर प्रमुख गोपालचन्द्र वुढाथोकीले प्रतिवद्धता दिएको उनले बताए । विगतका क्यामेरा जडानमा अनुमानित साँढे १४ लाख खर्च भएको उनको भनाइ छ । 

 अर्को तर्फ वित्तिय कारोवार गर्ने र टोल विकास संस्थासँग पनि समन्वय गरेर सम्वेदनशील क्षेत्रमा क्यामेरा थप जडान गरिने लक्ष्य रहेको उनको भनाइ छ ।   

क्यामेरालाइ मुख्य प्रवेशद्धारको पूर्व–पश्चिम,भट्टराइ चोक,वस पार्क, होटल लाइन, भानु टोल ,मुख्य सडक, वडा कार्यालय, मेची पुल, वाहुनडागी सडक,सतीघट्टा लगायतका स्थानमा राखिएको उनी बताउँछन्  । अप्टिकल फाइबर मार्फत ५ मेगापिक्सलको नाइटभिजन क्यामेरा पनि सञ्चालनमा रहेको उनले बताए  । 

जडान गरिएका क्यामेराको निगरानी  इलाका प्रहरी कार्यालयबाट हुने ईलाका प्रहरी कार्यालयका डिएसपी दीपक भारतीले बताए । सिसी क्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने उनले बताए । गति मापन क्यामेराले ६ महिनासम्मको गतिविधि रेकर्ड रहने समेत उनले बताए । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने भारती बताउँछन् । सिसी क्यामेरा जडानमा मेची सामुदायिक सेवा केन्द्रले संयोजन गर्दै आएको उनले बताए । क्यामेरा सञ्चालनमा आएपछि प्रहरीलाइ काम गर्न सजिलो भएको उनको भनाइ छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार