मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |
मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |


शताक्षीधामको ८७ धारा उद्घाटन

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

झापा शताक्षीधाममा ८७ धारा उद्घाटन गरिएकाे छ । शताक्षीधाम आउने तीर्थालु भक्तजनका लागि स्नान गर्न मिल्ने धारा निर्माण गरिएकाे हाे । ८७ धाराको बिहीवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । उनले ८७ धाराबाट बग्ने जल अभिषेक गर्दै धाराको उद्घाटन गरेका थिए ।

 शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार शतासी धारामा स्नान गरेपछि दिगम्बेश्वर महादेवको मन्दिर र शाकम्बरी शताक्षी देवीको मन्दिरमा पूजा अर्चना गर्न सकिने बताए ।

पौराणिक कथासँग जोडिएको  धामको वास्तविक नाम शताक्षी हो। “शताक्षी“ शब्दको अर्थ हुन्छ सय आँखा भएकी देवी । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने धार्मिक गुरुले बताएका छन्।

हिन्दू धर्ममा, “शताक्षी“ को अर्थ एक विशेष देवीको रूपको रूपमा लिइन्छ । जसको धेरै आँखाहरू हुने विश्वास छ। यी आँखाहरूले संसारभरका घटनाहरूमा नजर राख्न सक्ने क्षमता राख्ने प्रतीकात्मकता जनाउँछन्। यसका साथै, “शताक्षी“ शब्दको प्रयोग सामान्यतया ती शक्तिशाली देवता वा देवीलाई जनाउन गरिन्छ जसको दृष्टि सर्वव्यापी र सबैतिर फैलिएको मानिन्छ।
“शताक्षी“ को अर्थ र उपयोग संस्कृत र हिन्दू धार्मिक काव्यमा पनि पाएको छ।

 दिगम्बेश्वर महादेव र शाकम्बरी सताक्षी मन्दिर नजिकैको शताक्षी गंगाको पानी ल्याएर ८७ धारामा जडान गरिएको छ।

तर यो धारालाई मुक्तिनाथमा भएका १०८ धारा पछिको दोस्रो मुक्तिनाथको धारा भएको गौसंरक्षक घनश्याम शास्त्रीले बताए । उनले शताक्षीधाम धार्मिक ऐतिहासिक र पर्यटकीय स्थल मात्र नभएर दोस्रो मुक्तिनाथको रूपमा स्थापित भएको बताए । शताक्षी नदीको तटीय क्षेत्रमा यो धारा निर्माण भएकोले पनि यसको महत्व ओझपूर्ण भएको उनले बताएका छन् ।

चारैतिर चुरे पहाडले घेरेको नदीको तटीय क्षेत्रमा यो धारा निर्माण भएपछि शताक्षीधाम आएका धार्मिक पर्यटक फोटो भिडियो बनाउन थालेका छन् । पछिल्ला समयमा शताक्षीधाम क्षेत्रमा स्थायी पूर्वाधारहरू निर्माण भइरहेका छन्। मुख्यमन्त्री कार्कीले धाम क्षेत्रमा अतिथि गृहको शिलान्याससमेत गरेका छन् । तीन तलाको हुने भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धाम समितिले जनाएको छ।

गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले उक्त भवन निर्माण सहयोगार्थ १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे। मुख्यमन्त्री कार्कीले कागजी प्रक्रिया पूरा भएपछि भवनको निर्माण सुरु हुने बताए । उनले भने,‘समय ठ्याक्क भन्न सकिँदैन । तर यो अतिथि गृह अवश्य निर्माण हुन्छ।’

कार्यक्रममा ८७ धाराका दातालाई सम्मान गरिएको थियो। समितिका सचिव कालीप्रसाद रिजालले ८७ धारा निर्माणको लागि दाताबाट सङ्कलन भएको रकमको विवरण यकिन नभएको बताए । ‘दाताले दिएको रकम र धारा निर्माणका लागि खर्च भएको रकमको विवरण यकिन भएको छैन ।’ दाताले कबुल गरेको केही रकम सङ्कलन हुन बाँकी रहेकाले यकिन नभएको उनले बताए ।

 समितिका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षतामा भएको थियो। कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा ‘रोसन’ ,अन्य जनप्रतिनिधि, कोशी प्रदेश सरकारका उच्च पदस्थ सरकारी अधिकारीलगायतको सहभागिता थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार