मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झाडीमा भेटिएका शिशुलाई विराटनगरका डाक्टर दम्पत्तीलाई जिम्मा लगाइयो

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

झापा । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पत्तीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् । 

भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ बस्ने डा.सुनित अग्रवाल र उनका श्रीमती डा. अंकिता राठीलाई भेटिएका सो शिशुलाई वैकल्पिक हेरचाहका लागि दिने निर्णय गरेको हो । 
डा. सुनिल आर्मी हस्पिटल इटहरीका सर्जन र उनकी श्रीमती नोबेल हस्पिटल विराटनगरकी डेन्टलसहित प्रोफेसर हुन । २०६८ सालमा विवाह गरेका उनीहरूको सन्तान छैन ।  
नगरपालिकाले गत भदौ २५ गते भेटिएका शिशुको वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिन भित्र सूचिकृत हुन आउन भनी सूचना जारी गरेका थिए । त्यसमध्ये पाँच जना दम्पत्तीले सूचीकृत फारम भरेका थिए । 
पाँच जनामध्ये डाक्टर दम्पत्तीलाई बच्चा जिम्मा लगाइएको नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार समितिका संयोजक राधा कार्कीले बताइन् । वैकल्पिकको सूचिमा भद्रपुर नगरपालिका– १ की पर्शुराम लुइँटेल र ईश्वरादेवी विमली रहेका छन् । 
डाक्टर दम्पत्तीसँग वैकल्पिक हेरचाह सम्बन्धी कबुल नामामा हस्ताक्षर गराई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुनर्स्थापन गृहमा रहेका बच्चालाई आजै जिम्मा लगाइसकेको उपप्रमुख कार्कीले बताइन् । 
‘बच्चा उहाँहरूलाई जिम्मा लगाइसकेका छौँ,’ नगरप्रमुख गणेश पोखरेलले भने, ‘वैकल्पिक हेरचाहमा तलमाथि भयो भने बच्चालाई पुनः फिर्ता ल्याउने गरी नगरपालिकाले कागजात बनाएको छ ।’ धर्मपुत्र बनाउनु प¥यो भने अदालती प्रक्रियामा जानुपर्ने हुन्छ,’ उनले भने । 
गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । 
त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए । रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण रुपमा स्वास्थ्य रहेको शिशुको हकदाबीका लागि नगरपालिकाले भदौ १५ गते सात दिने र भदौ २२ गते तीन दिने सूचना निकालेका थिए । सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदाबीका लागि नगरपालिका आएन । 
शिशुको हकदाबी गर्न उनका आमाबाबु वा आफन्तहरू सम्पर्कमा नआएको हुँदा, उक्त बालकको पालनपोषण स्वास्थ्य उपचार, शिक्षा तथा बालकको उच्चतम हित सुनिश्चित हुने समेतका कार्यहरूमा अहित नहुने गरी वैकल्पिक हेरचाह गर्न चाहने बालकको आमा वा बुबा तर्फका नातेदार, बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४९ (२) र नियमावली २०७८ को नियम ५३ (५) बमोजिम ७ (सात) दिन भित्र तपसिल बमोजिमको कागज प्रमाण सहित निवेदन पेस गर्नुहुन सबैको जानकारीका लागि भन्दै नगरपालिकाले सात दिने सूचना निकालेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार