मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

हर्कराज साम्पाङ बिर्तामोड आउँदै

देश प्रदेश डेस्क 5361+ समाचार ( )
७ पौष २०८२, सोमबार

चुनावी अभियानका लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ झापाको बिर्तामोड आउँदैछन् । उनी यही पुष ९ गते बिर्तामोडको सिटी सेन्टरमा झापा जिल्ला स्तरीय सभालाई सम्बोधन गर्नका लागि आउन लागेका हुन् । सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति झापाले आज पत्रकार सम्मेलन गरी जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष केशव भण्डारीले कार्यक्रममा जिल्लाभरिका नेता कार्यकर्ताहरुको सहभागिता रहने जानकारी दिए ।

झापामा श्रम संस्कृति पार्टीको जिल्ला समितिसंगै पाँचवटा पालिकामा नगर तथा गाउँपालिका स्तरीय समिति गठन भएको छ । बिर्तामोड , दमक , मेचीनगर , भद्रपुर र बुद्धशान्तिमा समिति गठन भएको हो । आगामी निर्वाचनमा जिल्लाका पाँचवटै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेद्वारी दिने जिल्ला अध्यक्ष भण्डारीले बताए ।

कार्यक्रममा केन्द्रीय सचिव प्रविन शेर्मा , केन्द्रीय कोषाध्यक्ष समिता राई , केन्द्रीय सदस्यहरु केवलराम राई , हिमालयप्रकाश कन्दङ्वा , मीका दुलाल , चन्द्रप्रकाश चेम्जोङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव शिवन सोराली मगरले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै