मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

ओम साई पाथिभरा हस्पिटलमा भारतका विशेषज्ञ डाक्टर आउने

भेषराज नेपाल 149+ समाचार ( )
२२ आषाढ २०८३, सोमबार

झापा / झापाको भद्रपुर-७ स्थित ओम साई पाथिभरा हस्पिटलमा भारतको प्रख्यात ‘सीके बिरला हस्पिटल’ (CK Birla Hospitals, India) का विशेषज्ञ चिकित्सकहरू विशेष परामर्श सेवाका लागि आउने भएका छन्। आगामी २०८३ साउन १ गते (तदनुसार १७ जुलाई २०२६, शुक्रबार) का दिन उक्त विशेष स्वास्थ्य शिविर सञ्चालन हुन लागेको अस्पतालका निर्देशक बालकुमार पोखरेलले जानकारी दिएका हुन्।

निर्देशक पोखरेलका अनुसार यस शिविरमा विशेष गरी तीनवटा जटिल विधाका अनुभवी विशेषज्ञ डाक्टरहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन्। जसमा मुटु सम्बन्धी विभिन्न समस्याहरूको जाँचका लागि मुटु रोग विशेषज्ञ (Cardiologist) र मिर्गौला सम्बन्धी रोगका लागि मिर्गौला रोग विशेषज्ञ (Nephrologist) रहनेछन्। यस पटक अस्पतालले नयाँ सेवाको रूपमा क्यान्सर रोग विशेषज्ञ (Oncologist) लाई पनि उपलब्ध गराउन लागेको उनले बताए।

यो विशेष स्वास्थ्य सेवा सीमित समयका लागि मात्र सञ्चालन हुने भएकाले आवश्यक परामर्शका लागि बिरामीहरूलाई अग्रिम नाम दर्ता गर्न अस्पतालले अनुरोध गरेको छ। नाम दर्ता तथा थप जानकारीका लागि ९८५२६२३०४६, ९८५२६२३०२३, ९८५२६२३०३५, ९८५२६२३०३७ र ०२३-४५३५८१ मा सम्पर्क गर्न सकिने निर्देशक पोखरेलले जानकारी दिए। स्थानीय स्तरमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य परामर्श पाउने भएकाले यस क्षेत्रका मुटु, मिर्गौला तथा क्यान्सरका बिरामीहरूलाई शिविरबाट प्रत्यक्ष लाभ उठाउन अस्पताल प्रशासनले आह्वान गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार