मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

स्वास्थ्यचौकीको भवन जीर्ण भएकोले सेवा सञ्चालनमा असर

देश प्रदेश डेस्क 5363+ समाचार ( )
४ अशोज २०८२, शनिबार

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ । तीस वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । चौकीका प्रमुख अजित विकले बर्खायाममा पानी चुहिएर समस्या भएपछि त्रिपालले छाना छोपेर बिरामीको उपचार गर्ने गरिएको बताए । 

“जीर्ण भवनमा पानी चुहिएर समस्या भएको छ । तीन वर्षयता बर्खामा त्रिपालमुनि बिरामी राखेर सेवा दिएका छौँ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । त्रिपाल थोत्रो भएकाले यसपालि पनि वडा कार्यालयसँग त्रिपाल माग गरेका छौँ ।” 

बिरामी जाँच, औषधि वितरणदेखि सामान्य उपचारसम्म जीर्ण भवनमै हुने गरेको छ । छानाबाट पानी चुहिने समस्या समाधान गर्न छानामा त्रिपाल ओढाएर अस्थायी व्यवस्था मिलाइएको छ । भवनमा भएका चार वटा कोठा साँघुरा छन् । 

यस वर्षदेखि प्रसूति सेवा पनि सुरु गरेको स्वास्थ्यचौकीमा मासिक १५० देखि २०० जनाले सेवा लिने गरेका छन् । निस्कोट स्वास्थ्यचौकीको भवन विसं २०५० मा निर्माण भएको थियो । मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले जग्गाको अभावमा स्वास्थ्यचौकीको भवन निर्माण प्रक्रिया अघि बढाउन नसकेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार