मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

वृद्धवृद्धाका लागि राष्ट्रिय परिचयपत्र झन्झटिलो

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

झापा । सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धादेखि राहदानी बनाउनेको संख्या बढ्दै गएको  छ । सरकारले राष्ट्रिय परिचयपत्र क्रमिक रूपमा अनिवार्य गर्ने लक्ष्य लिएपछि जिल्ला प्रशासन कार्यालय इलाममा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनेको भिड बढ्न थालेको हाे  । सरकारले २०८१ साल माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि विशेष गरी सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धादेखि राहदानी बनाउनेको संख्या बढ्दै गएको हो । परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा बिहान ९ बजेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गर्छ । वृद्धवृद्धाका लागि भने यो प्रक्रिया निकै झन्झटिलो भएको छ ।

बढ्दो भिडका बिच फोटो खिच्ने र विवरण भर्ने काममा पटक पटक कम्प्युटरको ‘सर्भर डाउन’ हुने समस्याले थप जटिलता उत्पन्न भएको जिल्ला प्रशासन कार्यालयस्थित फोटो खिच्न खटिएका कर्मचारीले बताएका छन् ।

समयमा काम नहुँदा बिहानदेखि लाइन बसेका ७० वर्षमाथिका वृद्धवृद्धालाई दिनभर कुर्नुपर्ने समस्या भएको फोटो खिच्न प्रशासन आइपुगेका सेवाग्राहीले बताएका छन् । आइतबार पनि बिहानदेखि लाइन बसेका सेवाग्राहीले कम्प्युटरको सर्भर डाउन हुँदा दिनभर जसो सेवा पाउन सकेनन् ।

परिचयपत्र बनाउनेको संख्या बढ्न थालेपछि कार्यालयले जिल्लाको सूर्योदय नगरपालिकाको फिक्कल र देउमाई नगरपालिकाको मङ्गलबारेमा पनि फोटो खिचाउने स्थानको व्यवस्थापन गर्न लागिरहेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बताए । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलबाट रोङ र इलाका प्रशासन कार्यालय पशुपतिनगर आधार हुने गरी भदौबाट फोटो खिचाउने व्यवस्थापनका लागि विभागमा पहल गरेकाे उनले बताए । मङ्गलबारेमा पनि देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका लागि फोटो खिचाउने तयारी रहेकाे उनकाे भनाइ छ । उनले अन्य पालिकालाई पनि आफ्ना नागरिकको सहजताका लागि फोटो खिचाउन चाहिने सामग्री र जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेको बताए ।

अहिले दैनिक एक सयभन्दा बढीले फोटो खिचाउने गरेको तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार अहिले प्रशासन कार्यालयमा ३५ हजारको संख्यामा राष्ट्रिय परिचयपत्र बाँड्न बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार