मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१५ भाद्र २०८३, सोमबार

झापा /  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २२७ जना अझै सम्पर्कविहीन रहेको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको जनाएको छ।

प्राधिकरणका अनुसार बाढीमा परी घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बाढीपछि फेला परेका तर पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ। शवको पहिचान तथा आफन्तसम्म पुर्‍याउने प्रक्रिया जारी रहेको छ।

भोटेकोशीमा आएको बाढीले नदी आसपासका बस्ती, सडक, पुल, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय तथा स्थानीय उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।

ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या थप बढ्न सक्ने देखिएको छ। प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा उद्धार कार्यलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार