मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३० जेठ २०८३, शनिबार

देशभरिमै संवेदनशील र चुनौतीपूर्ण रहेको झापामा फागुन २१ को निर्वाचन सफल रुपमा सम्पन्न गराएका जिल्लाका प्रहरीहरुलाई गृह मन्त्रालयले कम मूल्यांकन गरेको छ । 

वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले उम्मेद्वारी दिएको झापा ५ सहित संवेदनशील रहेका जिल्लाका पाँचवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएका प्रहरी अधिकृतहरुलाई कम मूल्यांकन गर्दै गृह मन्त्रालयले अधिकांशलाई गणमा सरुवा गरेको हो । गत जेठ १ गते भएको प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा र भर्खरै भएको प्रहरी निरीक्षक(इन्स्पेक्टर)को सरुवालाई हेर्दा झापाका अधिकांश प्रहरी अधिकृतहरुलाई गणमा सरुवा गरिएको छ । बिभागीय मूल्य–मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दासमेत सरुवामा झापाका प्रहरी अधिकृतहरुलाई कम मूल्यांकन गरिएको एकजना अधिकृतले बताए ।

गत जेठ १ गते नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयले एसपीतर्फ ४६ जना र डीएसपीतर्फ १४९ जनाको सरूवा गर्दा झापाका तीनजना डीएसपी सरुवामा परेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काको काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगंज , इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठको जिल्ला प्रहरी कार्यालय सिन्धुली र त्यस्तै इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग तालिम शाखा नक्साल सरुवा भएको थियो ।

त्यस्तै दुई दिनअघि गृह मन्त्रालयले झापाका दशसहित एकसाथ ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत विजय चौहानको प्रहरी वृत काठमाण्डौ ,जिल्ला प्रहरी कार्यालयमै कार्यरत सुमन बानियाँको मधेस प्रदेश प्रहरी गण जनकपुर , दाछेकी शेर्पाको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौ , इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रविण श्रेष्ठको ट्राफिक प्रहरी वृत जनसेवा काठमाडौ , रुपेश राईको कोशी प्रदेश प्रहरी गण विराटनगर ,इलाका प्रहरी कार्यालय दमकमा कार्यरत नविन राईको गण्डकी प्रदेश प्रहरी गण पोखरा , विपन विश्वकर्माको इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय गौरीगंजमा कार्यरत भुवनबाबु खड्काको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नक्साल काठमाडौं र इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत विरेन्द्रकुमार कोइरालाको नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरुवा भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार