मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

भारतकाे प्रख्यात नाइट क्लबमा आगलागीबाट २३ जनाको मृत्यु

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

झापा / भारतको गोवास्थित एक प्रख्यात नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार राति उत्तरी गोवाको अर्पोरा गाउँको तटीय क्षेत्रमा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ । आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन् ।

मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजसो भान्साका कर्मचारी रहेको बताएका छन्, जसमा तीन महिला पनि समावेश छन्। घटनाको जानकारी पाएपछि गोवाका मुख्यमन्त्री सावन्त र स्थानीय विधायक माइकल लोबो तुरुन्तै घटनास्थल पुगेका थिए।

मुख्यमन्त्री सावन्तले पत्रकारहरूलाई बताएअनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले ‘तीन वा चार’ पर्यटकहरूको मृत्यु भएको जानकारी दिए। राज्यको राजधानी पणजीबाट करिब २५ किलोमिटर टाढा रहेको अर्पोरा गाउँको बिर्च बाई रोमियो लेन क्लबमा मध्यरातपछि आगलागी भएको थियो। घटनास्थलमा दमकल र प्रहरी टोलीले उद्धार र नियन्त्रणको काम गरिरहेको छ। घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार