मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापा–काठमाडौं सम्पर्क समितिको तेस्राे अधिवेशनबाट १९ सदस्यीय कार्यसमिति चयन

Desh Pradesh News 1+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काठमाडाैं । नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशनबाट चार वर्षीय कार्यकालकाे लागि १९ सदस्यीय कार्यसमिति चयन भएका छन् । शनिबार काठमाडाैंमा भएकाे निर्वाचनबाट समितिकाे अध्यक्षमा नवीन जोशीसहित १९ सदस्यीय निर्वाचित भएकाे निर्वाचन संयाेजक डा. रुद्र शर्माले जानकारी दिदै समिति चयनकाे क्रममा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएकाे थियाे तर निर्वाचन प्रक्रियामा भने सहमति भएकाे जनाए ।

समितिको काठमाडौंमा सम्पन्न भेलाले सभापतिमा जोशी, उपसभापतिमा उमा श्रेष्ठ, भुपेन्द्र सिटौला र लक्ष्मीप्रसाद ओली, महासचिवमा तुलसा पन्त निर्वाचित भएका छन् भने प्रवक्तामा सागरकुमार घिमिरे, सचिवमा सञ्जय ढकाल र कोषाध्यक्षमा यशोदा कार्की चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सोमा शिवाकोटी, गोपालचन्द्र राजवंशी, विनोदकुमार दाहाल, कमलप्रसाद थपलिया, हेम भण्डारी, दिपक खड्का, रोशन लामिछाने, भीमकुमार कटुवाल, विष्णुप्रसाद पाठक, मनोजकुमार नेम्वाङ र बसन्धरा चौहानसहित १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने निर्वाचित अध्यक्षबाट पाँच जना सदस्य मनाेनयन गर्ने विधानमा भएकाे नवनिर्वाचित सदस्य सोमा शिवाकोटीले देश प्रदेश खबरलाई जानकारी दिइन ।

यसअघि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सिटौला, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, सरिता प्रसाईं, नानु बास्तोला नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, खगेन्द्र अधिकारी, जोगिन्दर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दिपक उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मछिन्द्र शेर्मा र सञ्चालन महासचिव चन्द्र घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार