मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

झापाको तीन ठाउँमा आगलागी हुँदा लाखौँको क्षति

देश प्रदेश डेस्क 5339+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

                                                                                                       साङ्केतिक तस्वीर

झापा झापाको तीन ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी भएको हो ।

गएराति १२.१५ बजे दमक नगरपालिका वडा नम्बर १ रवि स्ट्यान्ड बस्ने शिव राईको अढाई तले घरको भुइँतलामा किराना ,कस्मेटिक र खाद्यान्न पसल सञ्चालन गरेका ४३ वर्षीय रामकिशोर साहको पसलमा आगलागी भएको हो ।

विद्युत् सर्ट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज र अन्य सरसामानसमेत जलेर नष्ट हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी, दमक नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति १ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो साँझ ६ः४५ बजे झापा गाउँपालिका वडा नं. ७ रमितेटोल बस्ने लुखी हस्दाको घरमा आगलागी भएको छ । बिद्युत् लाइन सर्ट भई आगलागी हुँदा हस्दाको टिनको छानो र बाँसको टाटी बेराले बनेको ३ कोठे घरमा रहेका सम्पूर्ण सामान र नजिकै रहेको ग्वालीसमेत पूर्णरुपमा जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै गएराति १० बजे अर्जुनधारा नगरपालिका वडा नं.११ सालबारी बस्ने ४७ वर्षीय भूमिनाथ बराल र सोही ठाउँ.बस्ने अमर राउतको एक बिगाहा धानको कुन्यूमा अचानक आगलागी भएको छ । आगलागीबाट अन्दाजी २ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगो प्रहरी,स्थानीयवासी , बिर्तामोड,मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा राति १२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । सुख्खायाम शुरु भएपछि केही दिनदेखि झापामा आगलागीका घटना बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार