मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण

देश प्रदेश डेस्क 5490+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान ४ बजेतिर आईसीयूमा बिमारीलाई चेकजाँच गरेर फर्किने क्रममा डाक्टर वेदप्रकाश पन्तमाथि आक्रमण भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार धनगढी–उपमहानगरपालिका–१३ का  ४६ वर्षीय रमतरन राना प्रेसरको बिमारी थिए। उनको आईसीयूमा उपचार भइरहेको थियो। रानालाई चेकजाँच गरेर फर्किने क्रममा उनका छोरा २४ वर्षीय कृष्ण रानाले डाक्टर पन्तमाथि हातपात गरेका हुन्।

डाक्टर पन्तमाथि हातपात गर्ने कृष्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कृष्णको मानसिक अवस्था कमजोर भएका कारण हातपात गरिएको भन्ने बुझिएको डिएसपी बोहराले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ। डाक्टर पन्तको मुखमा सामान्य चोट लागेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार