मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

कोशीका पूर्वमन्त्री खत्रीलेले सरकारी निवास र गाडी फिर्ता गरेनन

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

झापा कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् ।

पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी फिर्ता नगरेका हुन् ।

खत्री २६ वैशाखमा पदमुक्त भएका थिए । पदमुक्त भएपछि मन्त्री चढ्ने गाडी फिर्ता गरेका उनले को १ झ ६४७ नम्बरको सरकारी गाडी र दुई वटा मोटरसाइकल फिर्ता गरेका छैनन् ।

मन्त्रालयका अनुसार खत्रीले भाडाको सरकारी निवास पनि फिर्ता गरेका छैनन् । मन्त्रीको निवासका लागि खत्रीले नै पुष्पलाल चोक नजिकै भाडामा घर खोजेका थिए । सो घरमा खत्री बस्छन्, भाडा मन्त्रालयले तिरिरहेको छ ।

मन्त्रालयका सचिव डा. लेखराज दाहालले क्वाटर, एउटा गाडी र दुई वटा मोटरसाइकल फिर्ताका लागि पूर्वमन्त्री खत्रीलाई आग्रह गरिएको बताए ।

कांग्रेस नेता खत्री उदयपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद हुन् । केदार कार्कीले नेतृत्वको सरकारमा गत माघमा मन्त्री नियुक्त भएका थिए ।

खत्रीले सरकारी सवारी र निवास फिर्ता गर्ने बताए । क्वाटरमा नै सरकारी सवारी रहेको बताउँदै उनले फिर्ता गर्न ढिलो भएको स्वीकार गरे ।

सरकार गठनसम्बन्धी मुद्दा परेका कारण फिर्ता गर्न ढिलो भएको बताउँदै उनले भने, ‘आज फिर्ता गर्ने भनेका छौं ।’ निवासका लागि भने घरबेटीसँग असारसम्मको सम्झौता रहेकाले मन्त्रालयमा छलफल गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार