झापा । ट्यांकरको ठक्करबाट कन्काई नगरपालिका वडा नम्बर–८ स्थित घाग्रा पुलमा साइकलयात्रीको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ७ बजे घाग्रा पुलस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ नम्बरको ट्यांकरले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री अर्जुनधारा –५ बस्ने अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कायार्लय झापाले जनाएकाे छ ।
मृतकको शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र ट्यांकर जिल्ला
ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र चालक झापा कमल गाउँपालिका –१ बस्ने ४६
वर्षीय भिमबहादुर कोइरालालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय
बिर्तामोडमा राखिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।