मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ श्रावण २०८३, शनिबार

झापामा एक वर्षमा सवारी दुर्घटनामा परी ७७ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०८२–०८३ मा झापामा जम्मा २ हजार १९७ वटा दुर्घटना हुँदा त्यति धेरैको मृत्यु भएको हो । दुर्घटनामा परी १११ जना गंभीर घाइते र २ हजार ४६४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

एक वर्षमा २४ हजार ६८० सवारी साधनलाई कार्वाही गर्दा २ करोड ४३ लाख ७४ हजार ३४ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि १ हजार ८२६ वटा जनचेतना कार्यक्रम गरिएको र त्यसबाट ६७ हजार ५९३ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२–०८३ मा दुर्घटनामा परी मानवीय क्षति कम भएको हो ।
आर्थिक वर्ष २०८१–८२ मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार