मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भीषण बमबारीका कारण गाजाबाट सयौं प्यालेस्टिनी परिवार विस्थापित

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१६ आषाढ २०८२, सोमबार

झापा / इजरायलले गाजा क्षेत्रमा गरेको भीषण बमबारीबाट सयौं प्यालेस्टेनी परिवार विस्थापित भएका छन् ।

इजरायलले गरेको बमबारीपछि उद्धारकर्ताहरुले पाँच वटा शव फेला पारेको र दर्जनौं घाइतेहरुलाई अल अहिली अस्पतालमा लगेको जनाइएको छ ।

इजरायलले सामूहिक रुपमा शहर छाड्न दिएको उर्दीपछि भीषण बमबारी गरेको हो । गाजाका अति जनघनत्व भएका सुजैया, तुफाह र जैतुन जस्ता क्षेत्रमा इजरायली फौजले बमबारी गरेको हो । रातभरी गरिएको बमबारीबाट आकाश समेत बारुदको धुवाँले भरिएको पनि सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएका छन् ।

पश्चिमी गाजाको अल साती शिविरमा पाँच वटा शव फेला परेको उद्धारकर्ताहरुले बताएका छन् । इजरायली सेनाले गाजाका वासिन्दालाई दक्षिणी क्षेत्रतर्फ जान उर्दी दिए पनि उनीहरु भने पश्चिमतर्फ भागेको समाचारमा जनाइएको छ ।

सवथोक छाडेर भाग्नुको विकल्प आफूहरुसंग नभएको विस्थापितहरुले बताएका छन् । इजरायलमाथि युद्धविरामका लागि दबाव बढ्दै जाँदा इजरायली फौजले गाजामा आक्रमण झन् बढाएको हो । इजरायलले गाजालाई पूर्ण रुपमा नियन्त्रणमा लिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार