मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

झापा सामुदायिक साकोसले दियाे सञ्चालकहरुलाइ क्षमता विकास तालिम

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

झापा । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ७ ले सञ्चालकहरुको दुईनिदे क्षमता विकास तालिम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद गौतमको सभापतित्व एवम बचत तथा ऋण सहकारी महासंघ(नेफ्स्कुन)का केन्द्रीय महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा तालिम सम्पन्न गरेको हो ।
शुक्रबार सञ्चालन गरिएको पहिलो दिनको तालिम प्रमुख अतिथि एवम प्रशिक्षक घनश्याम अधिकारीले प्रशिक्षण दिएका थिए । पछिल्लो समय चौतर्फी रुपमा सहकारी संस्थामाथि  विभिन्न तरिकाले कानुनी आक्रमण भइरहेको प्रशिक्षणका क्रममा उनले उल्लेख गरे । सहकारीमाथि राष्ट्रको समेत ध्यान केन्द्रीत भइरहेको र सहकारीमा नयाँ कानुन लागूहुने तयारीमा रहेको प्रशिक्षण मार्फत जानकारी गराएका थिए ।  सहकारी आवश्यक र चुनौति दुवै देखा परेको हुँदा केही कानूनी जटिलताका विषयमा सरकारसँग समन्वय र छलफल भइरहेको समेत तालिममा सहभागिलाइ जानकारी गराएका थिए ।
सहभागिलाइ शनिबार बचत तथा ऋण सहकारी महासंघ(नेफ्स्कुन)का कार्यक्रम अधिकृत तथा तालिमका प्रमुख प्रशिक्षक सुमनराज घिमिरेले प्रशिक्षण दिएका थिए । सहकारीको अवधारणा,अन्तर्राष्ट्रिय मूल्य,मान्यता र सिद्धान्त,पूर्ण तथा व्यवसायिक सहकारी विकास कार्यक्रम(प्रोवेशन)को परिचय,साकोसमा सञ्चालक समितिको काम,कर्तव्य,भूमिका र जिम्मेवारी लगायतका कानूनी विषयहरुका बारेमा उनले प्रशिक्षण दिएका थिए ।
संस्थाका  सञ्चालक समिति र विभिन्न उपसमितिसहित कर्मचारी सहभागिता रहेको तालिममा सहभागिहरुले जिज्ञासा र सुझाव राखेका थिए ।

समापन कार्यक्रममा सहभागिहरुका तर्फबाट भगवती बस्नेत र गोविन्द कोइरालाले तालिमको सिकाइ अनुभव सुनाएका थिए ।
संस्थाका उपाध्यक्ष भरत पोखरेलले औचित्यमाथि प्रकाश पारेर सुरु गरिएको कार्यक्रममा सहभागिहरुलाइ प्रमाणपत्र र प्रशिक्षकलाइ मायाकाे चिनाे समेत वितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष हरिप्रसाद गौतमले धन्यबाद दिएको कार्यक्रममा सचिव मीनप्रसाद पोखरेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार