मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

बाहुनडाँगीमा दैनिक जंगली हात्तीको हुल

देश प्रदेश डेस्क 5449+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

झापा झापाको बाहुनडाँगी क्षेत्रमा केही दिनदेखि दैनिक रुपमा भारततर्फबाट जंगली हात्ती ठुलो संख्यामा हुल बाँधेर आइरहेका छन । दैनिक ७० देखि ९० वटासम्मको संख्यामा आउने हात्तीको हुलले मेचीनगर वडा नं. ४ को बाहुनडाँगी क्षेत्रमा स्थानीयलाई आतंकीत बनाएको मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

नेपाल भारत सिमानाको मेची खोलामा बेलुका ६ बजे पछि निस्कीने हात्तीको हुललाई गाउँ पस्न नदिन वडा कार्यालयको तर्फबाट गठन गरिएको आर आर टिका युवाहरुलाई आफ्नै पहलमा रोक्ने प्रयास गरिररहेको भए पनि हात्तीको संख्या धेरै भएकाले केही हात्तीहरु गाउँ पस्ने गरेको र त्यसले बालीनालीमा क्षती पुर्याइरहेको वडा अध्यक्ष कार्कीले बताए । कार्कीका अनुसार बाहुनडाँगी बजार पुर्वको मेची खोला पारी भारतिय वन क्षेत्रमा शनिवार मात्रै हात्तीको आक्रमणका कारण एक जना भारतिय वन हेरालुको मृत्यु भएको छ । 

बिगत एक महिनादेखि ठुलो संख्यामा हात्ती भारतबाट नेपाल प्रवेश गर्ने गरेको भए पनि साधन र स्रोतको अभावमा हात्तीहरुलाई रोक्न नसकीएको हात्ती संरक्षण अभियन्ता शंकर लुईटेलले बताए । गाउँलेहरुले परम्परागत शैली अपनाएर हात्ती छेक्न खोजिरहेकाे उनकाे भनाइ छ ।  सरकारले बनाएको बिद्युतिय तारबारले काम गर्न छोडेपछि हात्ती गाँउ पस्न सजिलो भएको उनकाे भनाइ छ । दैनिक केही हात्तीहरु गाउँ पस्ने गरेकाे उनले बताए । शनिवार मात्रै पनि ३० वटा जंगली हात्ती नेपाल प्रवेश गरी मेचीनगर ३ स्थीत बहुबन सामुदायिक वनमा बसेका छन । 

लामो समयदेखि हात्तीको ठुलो हुल बाहुँनडागी क्षेत्रमा आइरहेको भए पनि राज्यका तर्फबाट खासै चासो नदिइएको स्थानीयहरुले गुनासो गरेका छ । हात्ती धपाउने आधुनिक उपकरणको अभावमा बाहुनडाँगीबासीको जीवन नै जोखिममा परेकोउनीहरू बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार