मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

काठमाडौंका १५ पुल झकिझकाउ पार्दै महानगर

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

झापा  काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्न लागेको हो ।

कामपा हरियाली प्रवर्द्धन तथा पार्क आयोजनाका निर्देशक नवराज थापाका अनुसार धोबीखोला, वागमती, विष्णुमती, मनोहरा र इच्छुमती पुलमाथि सौन्दर्यीकरण गर्न लागिएको हो । उनले यी सबै पुलको बारेमा अध्ययन गरी ड्रइङ डिजाइन तयार गरिरहेको बताए ।

आयोजनाले विष्णुमती पुलमा क्यारी निर्माण गरी सोमाथि २ फिट जाली बिच्छ्याएर लहरेफूल रोप्ने कार्य जारी राखेको छ । जाली राख्दा नदीमा फोहोर फ्याँक्न नमिल्ने व्यवस्था गर्न लागेको हो । यो पुलको सौन्दर्यीकरण सकिएपछि अवस्था हेरेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्ने जानकारी दिँदै आयोजनाका इन्जिनियर घनश्याम पौडलले भने ‘पुल निमाण गर्ने कारब १० लाख रुपियाँ लाग्ने अनुमान गरेको छ ।’

कामपाले पुल र पुलको परिसरमा सौन्दर्यीकरण गर्न १ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ । आयोजना प्रमुख थापाले पुलको अवस्था हेरेर पार्क, बगैंचा, रूख रोप्नेलगायतका सौन्दर्यीकरण गर्ने तयारी गरेको जानकारी दिए ।

आयोजनाले धोबीखोला करिडोरमा रहेको कालोपुल, रातोपुल, निलोपुल, पहेँलो पुल, बिजुलीबजार, परोपकार, कोटेश्वर र शंखमूल पुलको एकैसाथ सौन्दर्यीकरण गर्ने तयारी गरेको छ । यसअघि महानगरले बिजुलीबजार र ताहाचलको पुलमा बिजुलीले भिलिमिली बनाएको थियो ।

शहरी सौन्दर्यीकरण गर्न सबै पुलमा विशेष सजावट गर्ने तयारी थालिएको आयोजना प्रमुख थापाको भनाइ छ । उनले भने, ‘सम्बन्धित वडा कार्यालयको सहयोगमा पुलमा कस्तो सौन्दर्यीकरण गर्ने भन्ने विषयमा सुभाव संकलन गरिरहेका छौं ।’ नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै