मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

बिर्तामोड ८ स्थित किसनभिट्टाबाट ११ जना जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा प्रहरीले बिहीबार राति बिर्तामोड ८ स्थित किसनभिट्टामा जुवा खेल्दै गर्दा ११ जना जुवाडेलाइ पक्राउ गरेकाे छ  ।

पक्राउ पर्नेहरुमा बिर्तामोड ८ बस्ने बर्ष ३५ का कालीप्रसाद राजवंशी, सोही ठाउँ बस्ने बर्ष ५३ का भानु दाहाल, बर्ष ४६ का राजन भट्टराई, बर्ष ३१ का दिलिपप्रसाद राजवंशी, बर्ष ५० का ओमनाथ उप्रेती , बर्ष २५ का निरज रोक्का, बर्ष २९ का मनिष पौडेल, बर्ष ३५ का कुबेर मैनाली, बर्ष २६ का मनोज पौडेल , बर्ष ३७ का स्वस्तिक ओली र बर्ष ३० का प्रितम उप्रेती रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

 किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवाजन्य तास खेलिरहेको अबस्थामा उनीहरु पक्राउ परेकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्रकाले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घरधनी उप्रेतीसहितलाई जुवाजन्य तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइलसहित नियन्त्रणमा लिएको उनले जनाए । पक्राउ पर्नेहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार