मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

टी-२० विश्वकप छनोटमा आज कतारसँग खेल्दै नेपाल

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ।

ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ।

नेपालले शीर्ष-६ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेको थियो।

खेलमा नेपालले एक रनको रोमाञ्चक जित निकालेको थियो।

समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष-६ मा छनोट हुँदा २ अंक बटुलेको नेपालको खातामा युएईसँगको जितसँगै ४ अंक भएको छ।

युएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो पनि बनेको छ।

शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ।

अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार