मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

मेला लाग्ने ठाउँ अतिक्रमितः आदिवासीहरुको मेला संस्कृति संकटमा

देश प्रदेश डेस्क 5095+ समाचार ( )
८ कार्तिक २०८०, बुधवार

झापा दशै मेला लाग्दै आएको झापाका अधिकांश ठाउँ अतिक्रमित भएका छन् । ठाउँको अभावमा परम्परादेखिको दशै मेला संकटमा परेको छ ।

ठाउँको अभावमा दशै मेला घट्नुका साथै साँघुरो ठाउँमा मेला अव्यवस्थित बन्दै गएको छ । दशै मेला लाग्ने झापाको गरामनी , बिर्ताबजार , राजगढ , घैलाडुब्बा,भद्रपुर , चकचकी फूलवारी , अर्जुनधाराको बैशावारी , शनिश्चरे , चारआलीलगायतका अधिकांश ठाउँलाई अतिक्रमण गरिएको हो । मेला लाग्दै आएको विद्यालयका खेलमैदान ,ऐलानी पर्ती जग्गा मासिएको छ ।

परापूर्वकालदेखि दशैमा लाग्दै आएको मेलाहरुलाई बिस्थापित गर्न खोजेपछि मेला भरेर दशै मान्दै आएका आदिवासीहरुको मेला संस्कृति संकटमा परेको छ । दशैको महानवमीको दिनदेखि गरामनीबाट शुरु हुने मेला एक सातासम्म विभिन्न ठाउँमा लाग्ने गरेको थियो । मेलामा रमाइलो गरेर उनीहरुले दशै मान्ने गरेका थिए ।
महानवमीको दिन गरामनीको दुर्गा मन्दिरमा महापूजा,दशमीका दिन बिर्ताबजार, घैलाडुब्बा , राजगढ, एकादशीका दिन गरामनी,द्वादशीका दिन चारआली , त्रयोदशीका दिन शनिश्चरे , चतुर्दशीका दिन बैशावारी र कोजाग्रत पूर्णिमा दिन चकचकीको फूलवारीमा मेला भरेपछि उनीहरुको दशै सकिन्थ्यो । त्यसबाहेक भद्रपुर , भारतको चुल्ली मेला पनि चर्चित मेलाको रुपमा रहेको थियो । तर, अहिले बढ्दो शहरीकरणसंगै आदिवासीहरुको मेला संस्कृतिको महत्व नबुझिदिँदा दशै मेलाहरु संकटमा परेको आदिवासी नेता त्रिनारायण राजवंशी गुनासो गर्छन् । उहिले यातायातका साधन नभएको बेला सम्पनी गाडा(सजिसजाउ पारिएको गोरु गाडा) मा चढेर सपरिवार मेला भर्न गएकोे र मेलामा धक्रा झालङ( झल्ला र तन्ना)मा बसेर घुम्नी मुरी(चना मुरै) र जुलपी खाएको संझना उनीमा अझै बाँकी छ ।अहिलेको जस्तो होहल्ला र ठेलामठेल मेलामा हुने नगरेको उनले बताए । मेला भर्नकै लागि आदिवासीहरुले दशैमा नयाँ लुगा किन्ने गरेका छन् ।

एकादशीका दिन लाग्ने गरामनी मेलालाई झापा जिल्लाकै नामी मेलाको रुपमा लिइन्थ्यो । त्यहाँ झापा, मोरङका मात्र नभएर भारतका मानिसहरु पनि मेला भर्न आउँथे । दुर्गा मावि अगाडिको खुला चौर र दुर्गा मन्दिर अगाडिको खाली ठाउँमा भव्य मेला लाग्ने गथ्र्यो । ती सबै ठाउँहरु अहिले घरले भरिएका छन् । मेला लाग्ने ठाउँ नै छैन । हिजो दशमीका दिन बिर्ताबजारमा मेला लाग्ने ठाउँ भएन । बाटोमै मेला लगाउँदा आवतजावतमा समस्या भएको थियो ।

त्यस्तै प्रत्येक वर्ष दशैको टिकाको दिन रतुवा पुलदेखि सशस्त्र क्याम्पसम्म सडक जाम हुने गरेको छ । यो जाम हुनुको प्रमुख कारण लखनपुरमा लागेको मेला हो । उक्त मेला पूर्वपश्चिम राजमार्गमै लाग्ने गरेकोले मानिसहरुको भीडले सडक जाम हुने गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार