मुख्य समाचार
झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन |

झापामा विद्यार्थीले फेसबुकमा कमेन्ट लेख्दा प्रधानाध्यापकद्वारा निर्घात कुटपिट

देश प्रदेश डेस्क 5334+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

झापा । झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका एक प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका– ५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा मैले थोरै भएन र भनेर कमेन्ट गरेकी थिएँ,’ निर्जलाले भनिन्, ‘मंगलबार स्कुलको अफिसमा हेडसरले खानेपानीको नालाले खुट्टामा कुट्नुभयो।’
कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम भएको छ । कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर उनलाई विद्यालयबाट निकालिएको गुनासोसमेत गरिन् ।कागजमा साइन गर्न लगाइयो । भोलिदेखि स्कुल नआउनु भन्नुभएको छ,’ उनले भनिन् । छोरीलाई कुटपिट गरेपछि तत्कालै आफूलाई विद्यालय बोलाइएको उनका बुबा नवराज बाँस्कोटाले बताए ।
‘मलाई फोन आयो । पाँच मिनेटमा जसरी पनि आइपुग्नुपर्छ, अरू म जान्दिनँ भनियो। म जाँदा स्टाटसमा कमेन्ट गरेको कुरा निस्कियो,’ उनले भने, ‘एउटा कागज गरेर मलाई दायाँ–बायाँ सही र ल्याप्चे पनि हनाए। त्यो स्टाटस लेख्ने केटालाई पनि म त्यहीँ हुँदा–हुँदै तीन पाइप हाने। छोरीले गलत गरेको भए कानुनी रूपमा सजाय भोग्न तयार हो। तर, यसरी कुट्न पाइँदैन । यसरी कुट्ने हेडसरलाई कानुनी कारबाही हुनुपर्छ।’

कुटपिटमा संलग्न प्रधानाध्यापक बगालेले भने घटनाबारे बोल्न मानेनन्। उनले यहीबारेमा छलफल गर्न आफू इलाका प्रहरी कार्यालय दमकमा रहेको बताए ।

मंगलमय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ थापाले बालिकामाथि कुटपिट भएको स्वीकार गरे। यसरी बालिकामाथि कुटपिट हुनु गलत भएको बताए पनि उनले यो विषय मंगलबार नै अभिभावकसँग कागज गरेर मिलाएको दाबी गरे। ‘म हिजो विद्यालयमा थिइनँ। विषय आज थाहा पाएँ, हिजो अभिभावक नै आएर समझदारी कायम भएको रहेछ,’ उनले भने, ‘कसले के स्वार्थमा के गरो भन्ने विषयमा हाम्रो आपत्ति हो। कुटपिट गलत भयो भन्ने कुरा मेरो पनि हो ।’

कमल गाउँपालिकालाई करिब दुई महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो । बालमैत्री पालिकामा पनि बालबालिकामाथि हिंसा घटेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार