मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

झापामा आठ जना काेराेना संक्रमित फेला

देश प्रदेश डेस्क 5228+ समाचार ( )
१७ आषाढ २०८२, मङ्गलबार

झापा / झापामा कोभिड–१९ विरुद्धको १५ हजार डोज खोप आएको छ ।

नयाँ खोप तालिकासहित जिल्लामा कोभिड–१९ विरुद्धको १५ हजार डोज फाइजर खोप आएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गरिने उनले बताए । नयाँ तालिका अनुसार खोप कार्यक्रम अघि बढ्ने उनले जनाए ।

नयाँ खोप तालिका अनुसार पाँच प्रकारका जनसंख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताए ।

त्यस्तै, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथिका उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ ।

यता, जिल्लामा आठजना कोभिड संक्रमित फेला परेका छन् । तीमध्ये पाँच जना झापाका छन् भने मोरङ, इलाम र दोलखाका एक / एक जना रहेको बाराकोटीले जानकारी दिए ।

झापामा कोभिडको संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । “काँकडभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीन जना खटिएका छन्”, उनले भने “जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार