मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

नेपालगञ्जमा खसी किन्ने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाकाे मृत्यु, ५ घाइते

देश प्रदेश डेस्क 5490+ समाचार ( )
४ अशोज २०८२, शनिबार

झापा / बाँकेको नेपालगञ्जमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार बिहान एउटा समूहले खरिद गर्नको लागि बैना गरेको खसी अर्काे समूहले किनेपछि झडप हुँदा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो।

विवादमा ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले बताएकाे छ । खसी बोका खरिद गर्ने दुई समूह आफन्त रहेको प्रहरीले बताएकाे हाे । साेही घटनामा अन्य ५ जना घाइते भएका छन् । ४ जना नेपालगन्जमा रहेको सञ्जीवनी मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन् भने एक जनालाई उपचारको लागि भारत लगिएको प्रहरीले बताएकाे हाे ।

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा नेपालगन्जका मुस्ताफ अलि बेहना, सेराज अलि बेहना, ईस्थाक अलि बेहना र चाँदबावु बेहना रहेकाे प्रहरी कार्यालयले जनाएकाे हाे । विवाद गर्ने दुई समूहमा नाताले सालो र भेना पर्ने पनि रहेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार