मुख्य समाचार
कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन |

दुई क्वीन्टल १० किलो गाँजासहित दुई पक्राउ

देश प्रदेश डेस्क 5406+ समाचार ( )
३ अशोज २०८०, बुधवार

झापा । महोत्तरी प्रहरीले दुई क्वीन्टल १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बुधवार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिर नजिकबाट दुई क्वीन्टल १० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार बा.प्र.०१–०२६ च ४९२१ नम्बरको पिकअप गाडीमा शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा बरामद भएको हो । लागूऔषध बरामद भएपछि धादिङ जिल्ला थाक्रे गाउँपालिका– ७ बस्ने वर्ष २३ का जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका– ७ बस्ने वर्ष २५ का सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पिकअपभित्र गाडीको बीचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको पोकाले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार