मुख्य समाचार
सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध |

सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु

भेषराज नेपाल 92+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

झापा / सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप र त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय समिति मोरङको विराटनगर आइपुगेको छ।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन टोली विराटनगर आइपुगेलगत्तै आफ्नो कार्यक्षेत्रमा खटिएको छ। टोलीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै राति नै यहाँका विभिन्न अस्पतालहरूमा पुगेर झडपमा घाइते भएका सुरक्षाकर्मी तथा सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूको प्रारम्भिक बयान र घटनाको विवरण संकलन गर्ने कार्य सुरु गरिसकेको छ।

छानबिन समितिले विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रत्यक्ष पीडित र प्रत्यक्षदर्शीहरूसँग कुराकानी गरी घटना कसरी सुरु भयो र कुन परिस्थितिमा प्रहरीले बल प्रयोग गर्नुपर्यो भन्नेबारे तथ्यहरू संकलन गरिरहेको छ। विराटनगरमा प्रारम्भिक अनुसन्धान र अस्पतालमा रहेका घाइतेहरूको बयान सकेर यो टोली आजै मुख्य घटनास्थल सुनसरीको कप्तानगञ्ज प्रस्थान गर्ने तयारीमा रहेको छ। टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरू, भद्रभलाद्मी र स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गरी घटनाको सत्यतथ्य बुझ्नेछ। गृहमन्त्रीको उपस्थितिमा बसेको आकस्मिक बैठकले यस समितिलाई घटनाको गहिरो अनुसन्धान गरी भविष्यमा यस्ता साम्प्रदायिक र हिंसात्मक घटनाहरू दोहोरिन नदिन दीर्घकालीन उपायसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न कडा कार्यादेश दिएको छ।
साउने सोमबारको अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डिजे बाजा बजाउँदै सप्तकोशीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले त्यसको प्रतिवाद गरेपछि दुई समुदायबीच विवाद सुरु भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवादले हेर्दाहेर्दै उग्र रूप लिएर ढुङ्गामुढा र आक्रमणको स्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दै गोली चलाएको थियो। उक्त झडप र प्रहरीको गोली लागेर देवानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने दर्जनौं सर्वसाधारण र स्थिति सम्हाल्न खोज्ने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरू घाइते भएका थिए। घटनापछि सम्भावित साम्प्रदायिक तनाव, उत्तेजना र थप हिंसा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका विभिन्न संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ भने राष्ट्रिय मानव अधिकार आयोगले पनि यस घटनाप्रति गम्भीर चासो देखाउँदै सबै पक्षलाई सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार