मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
३० जेठ २०८३, शनिबार

झापाको भद्रपुरमा खुकुरी तथा धारिलो हतियार देखाउँदै गुण्डागर्दी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ असार २८ गते राति करिब ९ बजे भद्रपुर नगरपालिका–८ स्थित एक होटलमा केही व्यक्तिहरूले धारिलो हतियार (खुकुरी) देखाएर आतंक सिर्जना गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो। प्रहरी पुगेको थाहा पाएपछि उनीहरू फरार भएका थिए।

घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा भोलिपल्ट असार २९ गते दिउँसो करिब ४ बजे भद्रपुर नगरपालिका–१० स्थित जिल्ला निर्वाचन कार्यालय अगाडिबाट दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० निवासी ३६ वर्षीय कविराज गुरागाईं र बिर्तामोड नगरपालिका–७ निवासी ३० वर्षीय पराजय चौधरी रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जिल्ला निर्वाचन कार्यालय झापामा कार्यरत कर्मचारी रहेको खुलेको छ। उनीहरूको साथबाट एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार