मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

३०० ग्राम ब्राउन सुगरसहित भद्रपुरमा दुईजना पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

झापाको भद्रपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ जिल्ला भानु नगरपालिका- १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी जिल्ला रामधुनी नगरपालिका- ३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेको जनाइएको छ ।

सशस्त्रले उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले शुक्रबार साँझ ६ बजेको समयमा भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर- ३ मेचिपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गरेका थिए । सशस्त्रले उनीहरूको शरीर खनतलासीसँगै स्कुटर पनि चेकजाँच गरेका थिए ।  

स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाइछपाई राखिएको तीन वटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरूले ब्राउन सुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेका थिए । सशस्त्रले बरामद गरेको ब्राउन सुगरको नेपाली बजार मुल्य ३५ देखि ४० लाख हुने अनुमान गरिएको छ । सशस्त्रले दुवै जनालाई ब्राउन सुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार