मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित

भेषराज नेपाल 154+ समाचार ( )
८ आषाढ २०८३, सोमबार

झापा / चितवनको भरतपुरस्थित प्रदर्शनी केन्द्रमा सोमबारदेखि सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको बन्द सत्र सुरु नै नभई स्थगित भएको छ।

सोमबार बिहान ८:३० बजे सुरु हुने पूर्वकार्यतालिका रहे तापनि महाधिवेशन प्रतिनिधिहरूको थपघट र मधेश प्रदेशमा देखिएको प्रतिनिधि चयनसम्बन्धी तीव्र विवादका कारण दिनभरको प्रयासका बावजुद सत्र सञ्चालन हुन सकेन।

पार्टी स्रोत र निर्वाचन आयोगका अनुसार, मधेश प्रदेशका ९६ जना प्रतिनिधिहरू छुटेको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। छुटेका प्रतिनिधिहरूलाई समावेश गर्ने र प्रारम्भिक सूचीमा रहेका प्राविधिक त्रुटिहरू सच्याउने गृहकार्यमा जुट्नुपरेकाले बन्द सत्र प्रभावित बनेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। यसका साथै देशभरबाट आएका ४ हजारभन्दा बढी प्रतिनिधिलाई परिचयपत्र (आईडी कार्ड) वितरण गर्ने कार्यमा ढिलाइ हुनुलाई पनि स्थगित हुनुको अर्को कारण मानिएको छ। 
बन्द सत्र स्थगित भएसँगै सोमबारका लागि तय गरिएको उम्मेदवार मनोनयन दर्ता प्रक्रिया समेत रोकिएको छ। यसअघि बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेले अनुशासन समिति र सांगठनिक प्रतिवेदन पेश गरी पारित गर्ने तालिका थियो। प्रतिनिधि विवाद मिलाउन नेतृत्व तह र केन्द्रीय समितिमा लगातार छलफल चलिरहेको छ। ढिलाइका कारण अब रास्वपाको महाधिवेशन स्वतः एक दिन लम्बिने देखिएको छ। निर्वाचन आयोगले सोमबार साँझसम्म परिचयपत्र वितरणको काम सम्पन्न गरेर मंगलबार बिहानदेखि मात्र बन्द सत्र सुरु गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार