मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |

रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी

देश प्रदेश डेस्क 5409+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

झापा / रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। बाढीपछि विभिन्न जिल्लामा बगेका तथा बेपत्ता भएका व्यक्तिको खोजीका क्रममा थप शव फेला परेसँगै मृतकको संख्या बढेको हो।

राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। बाढीले नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

बाढीमा ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका उद्धार टोली परिचालन गरिएको छ।

खोजी तथा उद्धारका क्रममा नदी किनार, बगर, जलविद्युत् आयोजना, सुरुङ तथा बाढीले बगाएर पुर्‍याउन सक्ने सम्भावित स्थानमा सुरक्षाकर्मीले खोजी गरिरहेका छन्। हेलिकप्टरमार्फत दुर्गम तथा प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउने कामसमेत जारी छ।

बाढीबाट प्रभावित हजारौँ नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राहत वितरण भइरहेको छ। बेपत्ता व्यक्तिका परिवारजन भने आफ्ना आफन्तको अवस्था पत्ता लाग्ने आशामा खोजी तथा उद्धार टोलीको सम्पर्कमा छन्।

यसैबीच, सरकारले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कामसमेत जारी रहेको छ।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार